आँखा पाके के गर्ने, के नगर्ने ? - Janajagriti Secondary School

नयाँ सामग्री

Post Top Ad

Sunday, August 20, 2023

आँखा पाके के गर्ने, के नगर्ने ?

 आँखा पाके के गर्ने, के नगर्ने ?

पछिल्लो केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने समस्या भएका बिरामीहरु बढिरहेका छन् । एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धेरै जनामा हुन सक्छ। पुरै घरको सदस्यहरुमा पनि हुन सक्छ। हरेक वर्ष मौसम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ।

यसैबिचमा मेलम्ची न.पा. र मेलम्ची न.पा. वडा नं ११ को वडा शिक्षा समितिको निर्णयानुसार विभिन्न विद्यालयहरूमा यो रोग तिब्र गतिमा फैलिरहेकोले यहि भाद्र ४ गतेबाट ८ गतेसम्म विद्यालय बन्द गर्ने र अवस्था हेरेर वडा शिक्षा समितिले विद्यालय बन्द गर्न सक्ने निर्णय गरेको छ ।

आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिसका लक्षणहरु
- आँखा रातो हुने र चिलाउने
- आँखाबाट आँसु बगिरहने वा कचेरा / चिप्रा लाग्ने
- आँखाको ढकनी रातो हुने, सुन्निने
- आँखा बिझाउने/दुख्ने
- घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

रोकथामका उपायहरु
- संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने
- संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने
- जथाभावी आँखा नछुने। आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने
- व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

 भाइरल कन्जंक्टिभाइटिस भइहाले अत्तिनु पर्दैन। यो रोग १ देखि २ हप्तामा आफैं निको हुन्छ। स्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग गर्नुहुँदैन।

 आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस लागेमा के गर्ने ?

- भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैँ निको हुन्छ।
- घरमा स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु
- बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने।
- आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने।
- आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने।
- बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने।
- संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धु वा सफा गर्ने।
- प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने।
- संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने।

स्रोत- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

No comments:

Post a Comment

Post Top Ad

विद्यालयः  जनजागृति माध्यमिक विद्यालय

ठेगानाः मेलम्ची न.पा. वडा नं -११, कटुञ्जे, सिन्धुपाल्चोक

सम्पर्क नंः ९८४१०९२३८४

इमेलः janajagritimelamchi@gmail.com

वेभसाइटः www.jjssmelamchi.edu.np