विद्यालयको परिचय - Janajagriti Secondary School

नयाँ सामग्री

Post Top Ad

Monday, August 21, 2023

विद्यालयको परिचय

यो विद्यालय नेपालको राजधानी काठमाण्डौबाट उत्तर–पूर्वमा पर्ने बागमती प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्लाको पश्चिमी क्षेत्र अन्तर्गत मेलम्ची नगरपालिका वडा नं ११ मा कटुन्जेमा अवस्थित छ । २०२४ साल अघि तत्कालिन मेलम्ची गा.वि.. मा एउटा मात्र प्राथमिक विद्यालय थियो। उक्त विद्यालय पुल बजारबाट साविक मेलम्ची गा.वि.. वाड नं १ मा सारियो। हाल उक्त विद्यालयलाई पञ्चकन्या आधारभूत विद्यालयको नामले चिनिन्छ । उक्त विद्यालयमा पढ्नका लागि यसै साविक गा.वि.. वाड नं ७ र ८ का बालवालिकाहरुलाई पढ्न असजिलो भएको महशुस गरी त्यस समयमा तत्कालिन मेलम्ची गा.वि.. वाड नं ८ का समाजसेवी श्री बालकृष्ण चौलागाई र वाड नं ७ का श्री चन्द्रमान तामाङको सक्रियतामा यो विद्यालयको स्थापना गरियो र यस विद्यालयको नाम श्री जनजागृति प्रा.वि. नामाकरण गरियो । यो विद्यालय २०२५ साल माघ १० गतेका दिन देखि प्रा.वि. कक्षा १ मा पठनपाठन सुरु भएको हो । स्थापना कालदेखि २०५४ सम्म प्रा.वि. मै सिमित रहि २०५४/२०५५ देखि नि.मा.वि.कक्षा सञ्चालन र २०६५/२०६६ साल देखि मा.वि. कक्षा सञ्चालन गरियो । पहिलो पटक २०६६ सालमा प्रवेशिका परीक्षामा समावेश गराईसकेको छ ।



 

No comments:

Post a Comment

Post Top Ad

विद्यालयः  जनजागृति माध्यमिक विद्यालय

ठेगानाः मेलम्ची न.पा. वडा नं -११, कटुञ्जे, सिन्धुपाल्चोक

सम्पर्क नंः ९८४१०९२३८४

इमेलः janajagritimelamchi@gmail.com

वेभसाइटः www.jjssmelamchi.edu.np